FAQs Complain Problems

छेडागाड नगरपालिकाकाे आधिकारिक वेभसाइटमा स्वागत छ

कर्णाली प्रदेश अन्तर्गत अत्यन्तै पछाडी परेको जाजरकोट जिल्ला त्यसमा पनि जिल्ला सदुरमुकाम खलंगा देखि झन्डै १० कोश पश्चिममा अवस्थित छेडागाड नगरपालिका जुन साविक दशेरा, साल्मा, कार्किगाँउ, झाप्रा, पजारु र सुवानाउली गा‍. वि. स. लार्इ समायोजन गरी राज्यको पुर्नसंरचना सँगै यो छेडागाड नगरपालिका घाेषणा भइ आफ्नो प्रशासनिक एंव अन्य विकासका काममा गति लिदै अाइरहेको छ । यो नगरपालिका छेडाखोला, सुवा खोला, साल्मा खोला, लम्ती खोला अादीको काखमा अवस्थित छ । विभिन्न पर्यटकिय स्थल जस्तै सुयाडा मालिका, छत्र्याल देवल आदिले भरीपूर्ण छ । पूर्वमा भेरी नगरपालिका, पश्चिममा दैलेखको भगवतीमाइ गाउपालिका, उत्तरमा कुशे गाउपालिका एवं जुनीचाँदे र दक्षिणमा शिवालय गाउपालिकाको बिचमा छेडागाड नगरपालिका अवस्थित छ । यस नगरपालिकाको जम्मा जनसङ्ख्या ३५,२९५ छ र त्यसमध्ये पूरुष सङ्ख्या १७,३५४ र महिला सङ्ख्या १७,९४१ रहेको छ ।